Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सरकारी गाडीभित्रै यौन क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ

    सरकारी गाडीभित्रै यौन क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 3.9K
    SHARES

    फाइल तस्बिर

    काडमाडौं । सरकारी गाडीभित्रै यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।

    महानगरिय प्रहरी परिसर भक्तपुरले बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकि राखेको प्रदेश ३-०१-००२ झ ५०५२ नम्वर गाडीबाट यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई ‘रंगेहात’ पक्राउ गरेको स्रोतले वतायो ।



    पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री ,गाडीमा सवार शम्भु कार्की र २१ वर्षीया महिला छन् । कार्की र महिला गाडीभित्र अश्लील गतिविधि गरिरहेका थिए ।



    उक्त गाडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेको प्रहरी स्रोतले थप वतायो।

    गस्तीमा निस्किएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेका थिए । गाडी चालक मन्त्रालयकै कर्मचारी भएको खुलेको छ ।

    उनीहरुविरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसूरमा कारवाही गरिने प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार