Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सूर्यबहादुर केसीको स्थानमा मोहनप्रसाद पाण्डेलाई सांसद बनाउने कांग्रेसको निर्णय

काठमाडौं । स्याङ्जाका मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभाको रिक्त पदमा मनोनयन गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पाण्डेलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा मनोनयन गर्ने निर्णय गरेको कांग्रेसले जनाएकाे छ ।

समानुपातिक तर्फका सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त पद रिक्त थियो । अब कांग्रेसले आवश्यक कार्यान्वयनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्नेछ ।

“प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (१) बमोजिम रिक्त प्रतिनिधिसभा सदस्य पदमा सोही नियमावलीको उपनियम (२), (३) र (४) बमोजिम प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्य सूर्यबहादुर केसीको निधन भई रिक्त भएको प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेस राजनीतिक दलबाट निर्वाचन आयोगमा बुझाइएको सामानुपातिकको वन्दसूचीको क्र.स. १२ मा खस आर्य समूहतर्फ नाम रहनु भएका श्री मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्य पदमा मनोनयन गर्ने निर्णय गर्दछ,” बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077