Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

श्रोत नखुलेको ३ लाख ३० हजार रुपैयाँसहित किशोर पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले ३ लाख ३० हजार रूपैयाँसहित गौर नगरपालिका-२ बाट एक किशोर पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा राैतहटकाे राजपुर नगरपालिका-५ वस्ने शेख जाजुलको छोरा अन्दाजी वर्ष १९ का शेख नुरसैद रहेका छन् ।

प्रहरीले उनलाई भारतबाट नेपाल फर्किदै गर्दा चेक गर्ने क्रममा नियन्त्रणमा लिएको हो । प्रहरीले चेक गर्दा उनको साथबाट श्रोत नखुलेको ३ लाख ३० हजार फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

बरामद रकमसहित नुरसैदलाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालयमा गौरमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077