Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रचण्डको दस्तावेज भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण : प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा

    प्रचण्डको दस्तावेज भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण : प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा

    अनलाइन नेपाल
  • शनिबार, २९ कार्तिक २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अराजनीतिक रुपमा पार्टी सचिवालय बैठकमा प्रतिवेदन पेश गरेको बताएका छन् ।

    अध्यक्ष प्रचण्डले एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण भएको शनिबार सामामजिक सञ्जाल मार्फत बताएका हुन् ।



    “अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो,” थापाले सामाजिक सञ्जालमा लेखेका छन्, “यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन ।”



    उनले प्रचण्डको दस्तावेज स्थायी कमिटी बैठक निर्णयविपरीत प्रस्तुत गरिएको बताएका छन् । “पार्टी विधान, परम्परा, अभ्यास र दुवैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लङ्घन हो । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ,” उनले भनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार