Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • काठमाडाैंमा १४ वर्षीया बालिका बलात्कृत

    काठमाडाैंमा १४ वर्षीया बालिका बलात्कृत

    अनलाइन नेपाल
  • मंगलबार, २ मंसिर २०७७
  • 4.1K
    SHARES

    काठमाडौँ । सोमबार साँझ काठमाडाैंमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

    चन्द्रागिरी नगरपालिकास्थित बसुण्डोलमा ती बालिका बलात्कृत भएकी हुन् । बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा थानकोट प्रहरीले एक युकवलाई नियन्त्रणमा लिएको छ ।



    हुम्ला ताजाकोट गाँउपालिका–२ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–२ बस्ने २३ वर्षीय सोर्नविद लोहारलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।



    श्रेष्ठका अनुसार लोहारले बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरा घरको कोठामा जबरजस्तीकरणी गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छन् । घटनालगत्तै फरार रहेका लोहारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार