Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विष खाएर युवतीले गरिन् आत्महत्या

काठमाडौँ । रुपन्देहीको मायादेवी गाउँपालिका–१ दुबियामा एक युवतीले विष खाएर आत्महत्या गरेकी छन् ।

सल्फास नामक विषादी सेवन गरेर २२ वर्षीया मनिता यादवले आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार मंसिर ३० गते विष सेवन गरेकी यादवको सोमबार उपचारको क्रममा मृत्यु भएको हो ।

यादवको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको डीएसपी खत्रीले जानकारी दिए । घटनाको प्रकृति हेर्दा विष खाएको देखिएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077