Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

    बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ५ मंसिर २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । भारत उत्तरप्रदेशको प्रतापगढ जिल्लामा विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किदै गरेको जीप गएराती दुर्घटना हुँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ ।

    उक्त बोलेरो जीप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएको प्रहरीले जनाएको छ ।



    प्रहरीले चालक निदाएर दुर्घटना भएको अनुमान गरेको छ । दुर्घटनामा चालकको समेत मृत्यु भएको छ ।



    प्रहरीका अनुसार मृतकहरुमध्ये १२ जना कुँडा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार