Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भोलिबाट निशुल्क कोरोना परीक्षण गर्दै काठमाडौं महानगर

    भोलिबाट निशुल्क कोरोना परीक्षण गर्दै काठमाडौं महानगर

    अनलाइन नेपाल
  • शनिबार, ६ मंसिर २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि (आइतबार) देखि निशुल्क कोरोना परीक्षण शुरु गर्ने भएको छ ।

    महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निःशुल्क पीसीआर परीक्षणका लागि सरकारी मापदण्डमा परेकाहरुको स्वाब संकलन गर्न लागिएको जानकारी दिएका हुन् ।



    यसअघि सरकारले आफ्नै खर्चमा पीसीआर टेष्ट गर्नुपर्ने निर्णय गरेपछि महानगरले स्वाब संककलन रोकेको थियो ।



    तर, अहिले सरकारले आफ्नो निर्णय सच्याएर लक्षण भएकाहरुको सरकारी ल्याबमा निःशुल्क टेष्ट गर्ने निर्णय गरेपछि महानगरले पनि स्वाव संकलन गर्न लागेको हो ।

    महानगरले अब कन्ट्याक ट्रेसिङमा परेका लक्षण भएकाहरु र अशक्त तथा जेष्ठ नागरिकहरुको स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार