Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पूर्वप्रधानमन्त्री भट्टराई र यमीको कोरोना रिपोर्ट फेरि पोजेटिभ

    पूर्वप्रधानमन्त्री भट्टराई र यमीको कोरोना रिपोर्ट फेरि पोजेटिभ

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । होम आइसोलेसनमा रहेका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको दोस्रो पटकको कोरोना रिपोर्ट पनि पोजिटिभ आएको छ ।

    पीसीआर परीक्षणका लागि कात्तिक ७ गते स्वाब दिएका दुबै जनाको रिपोर्ट पोजिटिभ आएको बाबुरामले ट्वीटरमार्फत् जानकारी गराएका थिए। त्यसपछि होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पनि रिपार्ट पुन: पोजिटिभ आएको हो।



    आज पनि उनले कोरोनाविरूद्ध लडाई केही लामै होला जस्तो अनुभूति भएको संकेत गरेका छन्। उनले फेसबुकमा लेखेका छन्,’बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै! लडाइॅ केही लामै होला जस्तो पो छ त!’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार