Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वभर काेराेना भाइरसका १ करोड ६६ लाख सक्रिय संक्रमित

    विश्वभर काेराेना भाइरसका १ करोड ६६ लाख सक्रिय संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ६६ लाख पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५ लाख ७६ हजार ५७६ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६६ लाख ३० हजार ३७८ पुगेको छ । यसमध्ये १ लाख २ हजार ३९१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।



    कुल संक्रमितको संख्या ५ करोड ८४ लाख ७५ हजार ७४९ पुगेको छ । त्यसमध्ये ४ करोड ४ लाख ५९ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८१९ जनाको मृत्यु भएको छ ।



    योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ८५ हजार ७७५ पुगेको छ । दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ८९८ जनाको मृत्यु भएको छ ।

    युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५४ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ३४१ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५४ हजार ६२६ पुगेको छ ।

    जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ । युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ४९ हजार २६१ जनाको मृत्यु भएको छ ।

    यस्तै फ्रान्समा पनि ४८ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ । संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

    संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि संक्रमण घटेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार