Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ललिता निवास प्रकरणमा नेता नेपालबिरुद्धको रिटमा सुनुवाई हुँदै

काठमाडौं । ललिता निवास बालुवाटारको जग्गा प्रकरणमा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ।

ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबिरुद्ध पनि मुद्दा दायर गर्नुपर्ने माग गर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाानेले दायर गरेको रिट निवेदनको सुनुवाइ आज अदालतले गर्दैछ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विवाद चरम सीमामा पुगेको र पार्टी नै विभाजनको तहमा पुगेको बेला सर्वोच्च अदालतले माधव नेपाल बिरुद्धको रिटलाई अग्राधिकार दिएर आज सुनुवाई गर्दैछ ।

न्यौपानेले २०७६ माघ २९ मा माधव नेपाललाई मुद्दा दायर नगरेकोमा अख्तियार र महान्यायाधीवक्ता कार्यालयलाई पनि विपक्षी बनाई रिट दायर गरेका थिए । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलासले माधव नेपालबिरुद्धको रिटको सुनुवाइ गर्दैछ ।

ललिता निवास बालुवाटारको जग्गा गैरकानुनी रुपमा दर्ता गरिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भूतपूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077