Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • हुम्ला जिल्ला अस्पतालमा आकस्मिकबाहेका सेवा बन्द

    हुम्ला जिल्ला अस्पतालमा आकस्मिकबाहेका सेवा बन्द

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 3.5K
    SHARES

    सिमकोट । एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

    आज बिहान २८ वर्षीय चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।



    स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिन थालेपछि जिल्लामा सङ्क्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए ।



    उनले सङ्क्रमित चिकित्सकका सम्पर्कमा आएका अन्य सबै स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरिने बताए । यसअघि एकजना अनमीमा कोरोना पुष्टि हुँदा जिल्ला अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार