Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • जर्मनीमा काेराेना संक्रमितको सङ्ख्या नौ लाख नाघ्याे

    जर्मनीमा काेराेना संक्रमितको सङ्ख्या नौ लाख नाघ्याे

    अनलाइन नेपाल
  • सोमबार, ८ मंसिर २०७७
  • 3.2K
    SHARES

    एजेन्सी । जर्मनीमा कोभिड १९का सङ्क्रमितहरूको सङ्ख्या नौ लाख नाघेको बताइएको छ ।

    गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ सङ्क्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको छ।



    यहाँ यस सङ्क्रमणबाट कम्तीमा पनि १४ हजार ११२ जनाको मृत्यु भएको छ । जर्मनीका अधिकारीहरूले गएको २४ घन्टामा कम्तीमा पनि ९० जनाकोे ज्यान गएको बताएका छन् ।



    जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरूमा कोरोना सङ्क्रमितहरूको मृत्युको दर बढ्दै गएको बताएको छ । जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो । त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ । तर यसको यहाँका नागरिकले विरोध गरिरहेका छन् । त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार