Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • युरोपमा कोरोना बढ्यो, जर्मनीमा एकदिन थपिए ८० हजार बढी संक्रमित

    युरोपमा कोरोना बढ्यो, जर्मनीमा एकदिन थपिए ८० हजार बढी संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, २९ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । जर्मनीमा अहिले दिन प्रतिदिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार बुधबार मात्र त्यहाँ त्यस अघिको २४ घन्टामा ८० हजार ४३० जना संक्रमित भेटिएका छन् ।

    यो संख्या त्यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै एकै दिनमा देखिएको यो सबैभन्दा धेरै संख्या हो । त्यहाँका अधिकारीहरुले जर्मनीमा ठूलो संख्याका नागरिकले खोप लगाइसकेको बताएका छन् । उनीहरुका अनुसार त्यहाँ ७२ प्रतिशतभन्दा बढी नागरिकले दुवै मात्रा खोप लगाएका छन् ।



    त्यस्तै त्यहाँका करिब तीन करोड ७० लाख नागरिकले खोपको बुस्टर डोज पनि लगाएका छन् । तर पनि पछिल्लो समयमा त्यहाँका ठूलो संख्याका नागरिकमा सङ्क्रमण बढ्दै गएको पाइएको छ ।



    उता युरोपका धेरै देशमा पछिल्लो समयमा कोरोनाको सङ्क्रमण बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । सो संगठनले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्यामा कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ ।

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा सङ्क्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो । पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार