Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • डब्लूएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा विजयी

    डब्लूएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा विजयी

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छिन् ।

    नयाँदिल्लीमा बुधबार भएको निवार्चनमा वाजेदले नेपालका उम्मेदवार शम्भुप्रसाद आचार्यलाई पराजित गरेकी हुन् ।



    डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् । यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरु पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् ।



    उनीहरुले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्दछन् । यसपटक म्यानमानर बाहेकका १० देशका स्वास्थ्यमन्त्रीहरुले क्षेत्रीय निर्देशक चयन गरेका हुन् ।

    बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको छोरीसमेत रहेकी उनले ८ मत प्राप्त गर्दा आचार्यले २ मत प्राप्त गरे । नेपालले डब्लूएचओमै कार्यरत शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार