Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • चीनलाई डब्लूएचओले भन्यो – कोरोना महामारी बारे वास्तविक सूचना दिनू

    चीनलाई डब्लूएचओले भन्यो – कोरोना महामारी बारे वास्तविक सूचना दिनू

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 660
    SHARES

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनियाँ अधिकारीहरुलाई कोरोना महामारीको बारेमा वास्तविक जारीकारी दिन आग्रह गरेको छ ।

    डब्लूएचओले चीनबाटै यसअघि सन् २०१९ मा सुरु भएको कोरोना महामारीका बेला पनि जानकारी दिन आनाकानी गरेको भन्दै यसबारे पर्याप्त जानकारी दिन आग्रह गरेको हो ।



    डब्लूएचओले अस्पताल भर्ना, सघन उपचारको अवस्था र मृत्यु भएकाहरुको यकिन विवरण उपलब्ध गराउन पनि चीनसँग आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।



    यसअघि जारी गरेका विभिन्न प्रतिबन्धहरु खुकुलो पारेसँगै चीनमा कोरोना महामारी संक्रमणको दर ह्वात्ते बढेको भन्दै डब्लूएचओले चिन्तासमेत व्यक्त गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार