Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

अर्थमन्त्री एवम् नेकपा महासचिव पौडेललाई बुटवलमा कालो झण्डा

बुटवल । अर्थमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिवविष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ ।

आफ्नो निर्वाचन क्षेत्र (रुपन्देही–२) को सैनामैना मा.बि रानिबगिया र पर्रोहा मा.बि. मुर्गियाको नव निर्मित भवनको उदघाटन गर्न त्यसतर्फ जान लागेका नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुल नजिक नेपालगञ्ज रोडमा कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाउन पुगेकाहरुलाई प्रहरीले हटाएपछि मात्रै नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका थिए ।

यद्यपी प्रहरीले कालो झण्डा देखाउने कसैलाई पनि नियन्त्रणमा भने नलिइएको जनाएको छ ।

बालुवाटारको सरकारी जग्गा आफ्ना छोराको नाममा गराएको र वर्तमान सरकार एकपछि अर्को ठूला भ्रष्टाचारमा मुछिएको हुँदा पौडेललाई कालो झण्डा देखाएर नेविसंघले जनाएको छ ।

त्यसो त पौडेलले गत संसदीय चुनावमा बुटवललाई स्थायी राजधानी बनाउने मुख्य चुनावी एजेण्डा बनाएका थिए ।

तर, चुनाव जितेर आएका पौडेलले अहिले अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप त्यहाँकै जनताले लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077