Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ४ बुँदे सहमतिसँगै बर्दिबासकाे तनाब साम्य, आन्दोलन स्थगित

    ४ बुँदे सहमतिसँगै बर्दिबासकाे तनाब साम्य, आन्दोलन स्थगित

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 2.9K
    SHARES

    काठमाडाैं । मंगलबारदेखि तनावग्रस्त बनेकाे बर्दिबास अहिले साँझबाट शान्त बनेको छ।

    ६ वर्षीया बालिका गुलाब खातुनको हत्यापछि तनावग्रस्त बनेकाे बर्दिबास चार बुँदे निर्णय गर्दै आन्दोलन स्थागित भएपछि बर्दिबासको जनजीवन सामान्य तर्फ गएकाे हाे ।



    आन्दोलरत पक्ष, प्रशासन तथा राजनीतिक दलको सर्वपक्षीय बैठकले बुधबार साँझ चार बुँदे निर्णय गरेकाे छ ।



    सर्वदलीय बैठकले प्रहरीसँगको झडपमा गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘सञ्जय’ को मृत्युकाे छानबिनका लागि समिति गठन गर्न सरकारसँग अनुरोध गर्ने, घटनामा घाइते भएका व्यक्तिको उपचारका लागि आवश्यक खर्च र क्षतिपूर्तिका लागि पहल गर्ने सहमति गरेको छ।

    साथै वार्तामा पीडितलाई क्षतिपूर्ति दिने, दुवै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई सहिद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकाहरुलाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृहमन्त्रालयलाई आग्रह गर्ने सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

    ईलाका प्रहरी कार्यालय बर्दिबासमा भएको वार्तामा बिहीबारदेखि आन्दोलनलाई साम्य पार्दै अवस्था सहज बनाउने दुवै पक्षबीच छलफल समेत भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार