Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • भारतमा नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कार गरेर हत्या

    भारतमा नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कार गरेर हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, १० बैशाख २०७८
  • 2.2K
    SHARES

    सांकेतिक तस्बिर

    काठमाडौं । मजदुरीका लागि भारत पुगेकी एक नेपाली युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ ।

    दैलेखकी २३ वर्षीया प्रतिक्षा गिरीको भारतको गुजरात राज्यस्थित अहमदावादको दानी लिम्दा, बेहरामपुरमा अपहरण गरेर सामूहिक बलात्कारपछि हत्या भएको हो।



    नेपाली युवतीको अपहरणपछि स्थानीय तीन युवाले लागूऔषध खुवाएर सामूहिक बलात्कारपछि हत्या गरेको भारतीय प्रहरीले जनाएको छ।



    प्रहरीका अनुसार घटनामा संलग्न तीनजनालाई पक्राउ गरिएको छ । गुजरात प्रहरीका अनुसार घटनामा राजु नाम गरेका स्थानीय युवा मुख्य आरोपी हुन्।

    घटनाको दिन बिहान घरदेखि मजदुरी गर्न निक्लिएकी उनी अर्को दिन बिहान राजु भन्ने युवाको घरमा मृत अवस्थामा भेटिएकी हुन्। हत्या गरिएकी युवतीलाई ६ वैशाखको बिहान अपहरण गरी २४ घण्टासम्म बन्धक बनाएर राखिएको र सामूहिक बलात्कार पश्चात उनको हत्या भएको प्रहरीले जनाएको छ।

    गिरीलाई जबरजस्ती लागूऔषध दिएर तिनै जना युवाले सामूहिक बलात्कार गरेको अनुसन्धानमा खुुलेको छ। घटनाका बिषयमा गुजरात सरकारले सक्रियता देखाएको छ। आरोपीले हत्या गरेकोे स्वीकार गरेका छन्।

    दैलेख घर भएकी नेपाली युवती प्रतिक्षा गुजरातको अहमदावादमा पछिल्ल्लो एक वर्षदेखि रोजगारीको सिलसिलामा बसोवास गर्दै आएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार