Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महिला विभत्स हत्या प्रकरण : लास देखाउने व्यक्तिले नै बलात्कारपछि हत्या गरेको खुलासा

    महिला विभत्स हत्या प्रकरण : लास देखाउने व्यक्तिले नै बलात्कारपछि हत्या गरेको खुलासा

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 966
    SHARES

    महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन् । ती महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय अन्सारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

    अभियुक्त अन्सारीले महिलालाई बलात्कारपछि पेचकसले घाँटी, छाती र पेटमा घोचेर हत्या गरी बाँसघारीमा शव फालिएको अवस्थामा प्रहरीले शव फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले पत्रकार सम्मेलनमा जानकारी दिए ।



    घटनास्थलमा मृतकको लुगाफाटा च्यातिएको, सुरुवालको डोली चुँडिएको, पोते चुँडिएको, चुरा फुटेको, कुर्ताका गोजीको टुक्रा फालिएको र आरोपीको गन्जी पनि च्यातिएको अवस्थामा फेला परेको थियो। अभियुक्तले एक सय मिटरसम्म शवलाई घिसारेर बाँसघारी ल्याएको राखेको अर्धनग्न अवस्थामा शव फेला परेको थियो।



    साथै, हत्यापश्चात् अभियुक्तले मृतकसँग रहेको पाउजू र नाकको फुली निकालेर जिल्ला सदरमुकाम जलेश्वरस्थित एक सुन पसलमा बेचेको पाइएको छ। प्रहरीले घटना भएको ३६ घण्टापछि अभियुक्तलाई पक्राउ गरेको थियो । गत शुक्रबार राति विभत्स तरिकाले हत्या गरिएको अवस्थामा भेटिएकी मटिहानी नगरपालिका– १ सानो धिरापुरकी अन्दाजी ४० अमना खातुनको हत्या आरोपमा पक्राउ परेका व्यक्तिले नै लास देखाएको प्रहरीले दाबी गरेको छ ।

    खातुनको हत्या गरी गाउँकै मानिसहरूसँग मिली मृतक महिलालाई खोज्न निस्केका आरोपीले लास भेटेको र आफन्त तथा परिवारका मानिसहरूलाई देखाएको एसपी पंगेनीले बताए ।

    प्रहरीले अनुसन्धानको क्रममा हत्या भएको स्थल वरपर अन्सारी देखिएका र उनले नै लाससमेत देखाएको तथा अनुसन्धानको क्रममा प्रहरीले ल्याएको तालिम प्राप्त कुकुरलेसमेत उनकै घर वरिपरी संकेत गरेको, उनको घरमा हत्यामा प्रयोग भएको फलामको पेचकस (स्क्रु कस्ने औजार), रगत लागेको गन्जीसमेत बरामद भएको उनले बताए ।

    अभियुक्तमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ भने यस घटनामा थप व्यक्ति संलग्न छरछैन सम्बन्धमा थप क्रियाकलाप अगाडि बढाएको जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार