Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गाडीको ठक्करबाट महोत्तरीमा दुई जनाको मृत्यु

    गाडीको ठक्करबाट महोत्तरीमा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 498
    SHARES

    फाइल तस्विर

    महोत्तरी। महोत्तरीमा भारतीय टाटासुमोले ट्याक्टर र साइकलमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

    मटिहानीतर्फ जाँदै गरेको बी आर ०६ पी डी ३३३० नम्बरको टाटासुमोले पिपरा गाउँपालिका १ स्थित त्यही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।



    ठक्करबाट ट्रयाक्टरमा पछाडि सवार महोत्तरीको पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र साइकल यात्री धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादवको मृत्यु भएको हो ।



    ठक्करबाट गम्भीर घाइते दुबैजनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा राति नै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

    टाटासुमोको ठक्करबाट ट्रयाक्टरमा सवार पिपरा–५ का ६० वर्षीय झप्सी कवारी गम्भीर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार