Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड

    महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 11.1K
    SHARES

    काठमाडौं । महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड बाहिर आएको छ । प्रहरी चौकी, कान्तिबजारका दुई प्रहरी घुससहित रंगेहात पक्राउ परेका छन् ।

    चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक (असइ) शर्मा प्रसाद यादव र बरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ पक्राउ परेका हुन् ।



    लिजमा लिइ भोगचलन गर्दै आएको जग्गासम्बन्धि विवादमा उनीहरुले घुस लिएका हुन् ।



    विद्यालयले ठेक्का दिई भोगचलन गर्न चलन पूर्जी दिएको सो जग्गा र जग्गामा भएको फलफुलहरू, खेतिपाति उपभोग गर्न कुनै प्रकारको अवरोध सिर्जना गराउने कार्य नगर्नु÷नगराउनु भनी महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी सेवाग्राहीसंग घुस लिएको अख्तियारले जनाएको छ ।

    पीडितको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिएको टोलीले गौशाला नगरपालिका वडा नं. १२ स्थित गैरीटोलबाट आइतबार उनीहरुलाई पक्राउ गरेको हो ।

    महोत्तरीमा तीन हप्ताअघि मात्र एसपी श्यामकुमार राई गएका थिए । उनी बौद्ध वृत्तमा हुँदा घुससहित पक्राउ परेका अधिकृत हुन् ।

    पछि अदालतबाट सफाइ पाएका थिए । सफाइ पाए पनि उनको कार्यशैली नफेरिएको प्रहरी अधिकारी बताउँछन् ।

    बौद्धअघि चापागाउँ वृत्तमा हुँदा पनि उनले असुली आतंक मच्चाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार