Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • आठ लाख भन्दा बढी रकमसहित महोत्तरीबाट दुई जना पक्राउ

    आठ लाख भन्दा बढी रकमसहित महोत्तरीबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 519
    SHARES

    महोत्तरी । महोत्तरी प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरी बल, नेपाल पोखरभिण्डाबाट खटेको प्रहरी टोलीले आठ लाख भन्दा बढी रकमसहित दुई जना पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेमा सम्सी रहेका छन् । गाउँपालिका ३ का वर्ष २८ का रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी रहेका छन् ।



    भारतबाट नेपालतर्फ आउँदै गरेको मधेस प्रदेश ०२–००६प–१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुबैजनालाई नियन्त्रणमा लिएको हो ।

    उनीहरूको साथबाट श्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

    बरामद रकमसहित पक्राउ गरिएको दुबैजनालाई आवश्यक कारबाहीको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार