Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • डाँका समातेको खुसियालीमा असईले पेस्तोल पड्काउँदा प्रहरी जवान घाइते

    डाँका समातेको खुसियालीमा असईले पेस्तोल पड्काउँदा प्रहरी जवान घाइते

    अनलाइन नेपाल
  • शनिबार, ९ मंसिर २०८०
  • 3.9K
    SHARES

    महोत्तरी। महोत्तरीमा अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा प्रहरी चौकीका इन्चार्जले पेस्तोल पड्काउँदा एक प्रहरी जवान घाइते भएका छन्।

    एकडारा गाउँपालिका–४ स्थित हलखोरी प्रहरी चौकीका इन्चार्ज असई रामईश्वर प्रसाद यादवको पेस्तोल पड्केर प्रहरी जवान राजेशकुमार साह घाइते भएका हुन्।



    डाँकालाई पक्रेर ल्याएको खुसीयालीमा असई यादवले पेस्तोल पड्काएका थिए। गत कात्तिक २० गते राति साढे दुई बजे जलेश्वर नगरपालिका—८ स्थित रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा डकैती तथा अन्य अपराधिक घटनामा संलग्न रहेका आरोपीलाई गत कात्तिक २८ गते रौतहटको गरूडाबाट असई यादव नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको थियो।



    विभिन्न आपराधिक घटनामा संलग्न भई फरार भएका डाँका आरोपी सर्लाहीको लालबन्दी नगरपालिका—२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई प्रहरीले नियन्त्रण्मा लिन सफल भएको थियो।

    त्यसैको खुशीयालीमा प्रहरी चौकीमा खानपिन गरी कात्तिक ३० गते राति असई यादव लगायतका प्रहरीले रमाइलो गरेका थिए। असई यादवले पेस्तोल हात्तमा लिएर रमाइलो गर्दागर्दौ अचानक गोली पड्केको थियो।

    पेस्तोलको गोली जवान राजेशकुमार साहको एक पाखुरामा लागेको छ ।घटना ढाकछोप गर्न असई यादवले प्रहरी जवान साहलाई उपचारका लागि भारतीय अस्पताल पुर्याएका थिए।

    भारतीय प्रहरीले सप्तरी प्रहरीलाई फोन गरेर जानकारी गराएपछि घटना बाहिरिएको खुलेको हो। घटना थाहा पाएलगत्तै महोत्तरी प्रहरीले चौकीको इन्चाजबाट असई यादवलाई हटाएर जिल्ला तानेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार