Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • कपिलवस्तुमा क्रुर तरिकाले महिलाको हत्या, यस्तो अवस्थामा भेटियो शव

    कपिलवस्तुमा क्रुर तरिकाले महिलाको हत्या, यस्तो अवस्थामा भेटियो शव

    अनलाइन नेपाल
  • आइतबार, २८ मंसिर २०७७
  • 2.9K
    SHARES

    कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति क्रुर तरिकाले हत्या भएको छ ।

    चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए ।



    टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रुर तरिकाले हत्या भएको प्रहरीले जनाएको छ ।



    हत्याको आङ्शकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

    महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार