Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • पोर्न भिडियो देखाएर पोखरामा १३ वर्षीया छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ

    पोर्न भिडियो देखाएर पोखरामा १३ वर्षीया छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ मंसिर २०७७
  • 5.5K
    SHARES

    कास्की । ३९ बर्षिय पुरुषले आफ्नै १३ बर्षे नावालिग छोरीलाई  बलात्कार गरेको आरोपमा  पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीले  १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।



    मंसिर ६ गते आफ्नै नाबालिग छोरीलाई होटेलमा लगी जबरजस्ती अश्लील फोटो र भिडियो देखाएर बलात्कार गरेको भन्ने जाहेरीको आधारमा बालिकाका बुवा ३९ वर्षीय पुरुषलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।  पीडित बालिकाको पहिचान गोप्य राख्नका लागि पीडकको नाम ठेगाना  सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।



    डिएसपी हमालका अनुसार पक्राउ परेका पुरुषले विगत केही वर्ष अगाडिदेखि अनेकौँ बहानामा छोरीलाई बलात्कार गर्दै आएका थिए ।

    पक्राउ परेका प्रतिवादी बिरुद्ध हाडनाता करणी कसुरमा  कास्की जिल्ला अदालतबाट  ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार