Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आफ्नी छोरीलाई बलात्कार गरेको भिडियो साथीको मोबाइलमा देखेपछि बालिकाका पिताले आरोपीलाई मारिदिए

    आफ्नी छोरीलाई बलात्कार गरेको भिडियो साथीको मोबाइलमा देखेपछि बालिकाका पिताले आरोपीलाई मारिदिए

    अनलाइन नेपाल
  • आइतबार, २० भाद्र २०७८
  • 4.1K
    SHARES

    काठमाडौं । आफ्नी ८ वर्षकी छोरीलाई आफ्नै साथीले बलात्कार गरेको भन्ने चाल पाएपछि बालिकाका पिताले ती साथीलाई मारिदिएका छन् ।

    बेलायती पत्रिका डेलीस्टारको एक रिपोर्टअनुसार बालिकाका पिताले आफ्नी छोरीको बलात्कारको भिडियो ती साथीको मोवाइलमा देखेपछि उनले चक्कु प्रहार गरेर उनको हत्या गरिदिएका हुन् ।



    उक्त रिपोर्टअनुसार रुसको रकेट इन्जिन कारखानाका ३४ वर्षका भ्याचेस्लाभ गाउँमा आफ्ना ३२ वर्षका साथी ओलेग स्विडिरोभसँग मदिरा पिउँदै थिए । यस क्रममा भ्याचेस्लाभले अचानक ओलेगको मोवाइलमा कथित रुपमा ओलेग र भ्याचेस्लाभकी छोरीको भिडियो देखे । भिडियोमा ओलेभले उनकी छोरीलाई बलात्कार गरिरहेका देखिएका थिए ।



    भिडियो देखेपछि भ्याचेस्लाभको ओलेगसँग बहस सुरु भयो तर ओलेग त्यहाँबाट भागेका थिए । यता भ्याचेस्लाभले पुलिसलाई सबै कुरा बताए र ओलेगविरुद्ध आफ्नी छोरीलाई बलात्कार गरेको उजुरी दर्ता गराए । तर, उनी स्वयं पनि ओलेगको खोजीमा घुमिरहेका थिए ।

    रिपोर्टका अनुसार यही बीच एक दिन भ्याचेस्लाभले ओलेगलाई भेटे । दुईबीच पहिले त झगडा भयो तर पछि भ्याचेस्लाभले चक्कु हानेर ओलेगको हत्या गरिदिए । पुलिसले ओलेगको शव गाउँनजिकै जंगलमा फेला पारे । पुलिसले हत्याको आरोपमा भ्याचेस्लाभलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार