Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा बाबु पक्राउ

    छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा बाबु पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ माघ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । २६ वर्षीया छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा प्रहरीले जनकपुरधामबाट एक जनालाई पक्राउ गरेको छ ।

    धनुषाको कमला नगरपालिका ५ स्थायी ठेगाना भइ काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा बस्ने ५० वर्षीय पुरुष रहेका छन् ।



    उनलाई प्रहरीले बिहीबार जनकपुरधामको रमानन्द चोकबाट पक्राउ गरिएको छ । गत माघ १३ गते आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेर फरार भएको भन्दै बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बौद्धमा निवेदन दिएकी थिइन् ।



    वृत्तले उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेको आधारमा पक्राउ गरी प्रहरी वृत्त काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    बलात्कृत युवती उनकी सौतेनी छोरी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार