Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कीर्ते नागरिकता दिलाउने वडाध्यक्षसहित ५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

    कीर्ते नागरिकता दिलाउने वडाध्यक्षसहित ५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ मंसिर २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    बागलुङ । जिल्ला अदालत बागलुङले कीर्ते नागरिकता सिफारिस गरेको भन्दै वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जानकारी दिए ।



    अदालतले वडाध्यक्ष ध्रुवबहादुर केसी, कीर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न भनेपछि प्रहरी परिचालन भएको छ ।



    पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले तत्कालीन वडा नं ४ का सचिव प्रेमबहादुर खड्का र कीर्ते नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य पक्राउ परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार