Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कञ्चनपुरमा दुई जनाको शव फेला

कैलाली । कञ्चनपुरमा दुई जनाको शव फेला परेको छ । प्रहरीका अनुसार दुई दिनको अवधिमा दुई जनाको शव फेला परेको हाे। ।

शुक्रबार बिहान भीमदत्त नगरपालिका – ४ स्थित महेन्द्रनगर बजारमा बेदकोट नगरपालिका ४ का २४ वर्षीय कमल दमाई मृत फेला परेका छन् ।

टेलिफोनको जस्तो देखिने तारको पासोले घाँटी बेरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस्तै बिहीबार कञ्चनपुरको भमिदत्त नगरपालिका–१० सुकासालमा एक पुरुषको शव फेला परेको थियो । भीमदत्त नगरपालिका– ६ ऐठपुरका ३८ वर्षीय राजेन्द्र चन्दको शव फेला परेको हो ।

बिहीबार र शुक्रबार दुवै दिन फेला परेका शवबारे प्रहरीले छानबिन गरिरहेको बताए पनि घटना कसरी भएको भन्नेबारे यकिन तथ्य सार्वजनिक गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077