Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उत्तर कोरियामा देशलाई कोरोनाबाट टाढा राख्न दुई जनालाई मृत्युदण्ड

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले दुई जनालाई मृत्युदण्ड दिन आदेश दिएका छन्। उनले देशलाई कोरोनाभाइरसबाट टाढा राख्न कम्तीमा ती दुई जनालाई मृत्युदण्ड दिन आदेश दिएका हन्।

त्यस्तै उनले समुद्रमा माछा मार्न र राजधानी प्योङ्गयाङ बन्द गर्न आदेश दिएको दक्षिण कोरियाली गुप्तचर एजेन्सीले शुक्रबार जानकारी दिएको छ ।

अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनको उत्तर कोरियाप्रतिको धारणा प्रति किमको सरकार चिन्तित रहेको त्यहाँका सांसदले बताएका छन् ।

सांसद हा तेई क्यूङले एनआईएससँगको कुराकानीमा किमले असाध्यै रिस देखाइरहेको र महामारी र यसले निम्त्याउने प्रभावप्रति तर्कहिन उपाय अपनाइरहेको बताएका छन् ।

उत्तर कोरियाले समुद्रमा माछा मार्न र नुन उत्पादनमा पनि रोक लगाएको छ । यसको मुख्य उद्देश्य सम्द्रको पानीलाई भाइरसबाट जोगाउनु थियो ।

यद्यपि, यो प्रतिबन्ध सबै उत्तर कोरियाली पानीमा लगाइएको थियो वा यो अहिलेसम्म पनि लागू छ भन्ने स्पष्ट जानकारी भने छैन ।

उत्तर कोरियाले हालै प्योङयाङ र उत्तरी जगाङ्ग प्रान्तमा कोरोनाभाइरसको डरले लकडाउन लागू गरेको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077