Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ट्यांकरबाटै पेट्रोल चोरी गर्ने दुई चालक पक्राउ

    ट्यांकरबाटै पेट्रोल चोरी गर्ने दुई चालक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडाैं । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भारतबाट पेट्रोल आयत गर्दा ट्यांकरमा फल्स चेम्बर बनाई ठगी गर्ने दुई ट्यांकर चालकमाथि अनुसन्धान अघि बढाइएको छ ।

    प्रहरी प्रधान कार्यालय पेट्रोल चारी गरी ठगी गर्ने उपर अनुसन्धान अगाडी बढाइएको जानकारी दिएको छ । पेट्रोल चोरी ठगी गरेको आरोपमा पक्राउ परेका बाराका ३५ वर्षीय अजय लामा र बाराकै २८ वर्षीय बिकेश लामामाथि अनुसन्धान थालिएको सिआइबीेले जनाएको छ ।



    बारा, अमलेखगन्ज–६ घर भई हाल जितपुर सिमरा उपमहानगरपालिका २१ बस्ने अजय र सोही ठेगान भएका विकेश मंसिर ११ गते काठमाडौंबाट पक्राउ परेका थिए ।



    उनीहरुले भारतबाट पेट्रोल लोड गरी आएका ना ७ ख २९९५ र ना ७ ख ३६९६ नम्बरको ट्यांकरबाट फल्स चेम्बर बनाई इन्धन चोरी गर्ने गरेका थिए । इन्धन लुकाई उनीहरुले भारतकै लगी बेच्ने गरेका खुलासा भएको प्रहरीले जनाएको छ ।

    आयल निगमलाई हानि नोक्सानी पुर्याई ठगी गर्ने गरेको अभियोगमा अनुसन्धान प्रकृया अगाडी बढाइएको सिआइबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार