Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सन्दीप लामिछाने अस्पताल भर्ना

काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन्।

सन्दीप हिजो बेलुकी ह्याम्स अस्पतालमा भर्ना भएको उनका म्यानेजर रमन शिवाकोटीले जनाए।

‘त्यस्तो समस्या भएर होइन खासै। अलिकति कमजोर महसुस गरेकोले हस्पिटलमा केयर हुने भएकाले पठाएको हो हिजो,’ शिवाकोटीले भने, ‘घरमा एक्लै बस्नुभन्दा हस्पिटलमा राम्रो हुन्छ भनेर हो। उनले पनि अलिकति कमजोरी महसुस गरेकाले हो। फेरि गेमहरु पनि आइरहेकोले रिस्क किन लिने भनेर हस्पिटल पठाएको हो।’

शनिवार कोरोना संक्रमण पुष्टिभएका उनले समाजिक सञ्जालमार्फत आफूलाई सामान्य लक्षण देखिएको जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077