Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिला जिस्काएको निहुँमा प्रहरी चौकीमै हानाहान

बैतडी । पञ्चेश्वर गाउँपालिका–५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको छ ।

गणमेश्वर मन्दिरमा लागेको मेलामा महिलालाई जिस्काएको निहुँमा दुई समूहबीच झडप भएपछि छलफलका लागि प्रहरी चौकीमा बोलाएका बेला पुनः झडप भएको हो ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार युवाको दुई समूहबीच प्रहरी चौकीमै झडप हुँदा पञ्चेश्वरका ३० वर्षीय लोकेन्द्र चन्द घाइते भएका छन् । घाइतेको बैतडीमा उपचार हुन नसक्दा धनगढीमा रहेका माया मेट्रो अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ । घाइते चन्दको टाउको घाँटी, ढाडमा चोट रहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

चौकीमा झडप गर्नेमध्ये सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले ६ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। घटनाका विषयमा अनुसन्धान भइरहेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ । झडपका क्रममा प्रहरी चौकीमा पनि सामान्य तोडफोड भएको छ । नेपाल समाचार पत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077