Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

परराष्ट्रमन्त्री ज्ञवालीमाथि यसरी खनिए सत्तारुढ दलकै सांसद रावल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भीम रावलले भारतीय गुप्चतर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटलाई लिएर संसदीय समितिमा आपत्ति जनाएका छन् ।

प्रतिनिधसभाको अन्तर्राट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा सांसद रावलले रअका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्रीसँग भेटेको विषयबारे संसद, सत्तारुढ दल नेकपा र जनतालाई जानकारी नभएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने–‘भारतका गुप्चतर संस्था रअका प्रमुख सामन्त गोयल सैनिक जहाजमा चढेर काठमाडौं आए । त्यसबारे भारत र नेपालको परराष्ट्र मन्त्रालयले कुनै जानकारी गराएको छैन । राति प्रधानमन्त्री निवासमा गुप्तचरसँग भेट्ने कुरा मिलेन । यस्ता गतिविधि गरिनु हुन्न ।’

पार्टीको विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उक्त भ्रमणबारे जानकारी नरहेको र सत्तारुढ दलका सांसद आफूलाई पनि त्यो जानकारी नभएको रावलको भनाइ थियो ।

‘अपारदर्शी रूपमा गुप्तचरसँग वार्ता गर्ने कुरा मेल खाँदैन । त्यो बन्द गरिनुपर्छ’ रावलले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077