Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जनता आवास कार्यक्रमबारे सांसद साहद्वारा सरकारसंग जवाफ माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता प्रभु साहले प्रदेश-२ का आठ वटै जिल्लामा दलित समुदायको घर निर्माणका लागि जनता आवास कार्यक्रम प्रभावकारी हुनुपर्ने बताएका छन् ।

जिल्ला सदरमुकाम गौरमा आज आयोजित दलित अगुवा कर्याकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश नं २ का अध्यक्ष साहले सङ्घीय सरकारले तीन वर्षदेखि पठाएको अर्बौं रकमले कति दलितको घर निर्माण भयो भनी प्रदेश नं २ सरकारसंँग जवाफ माग गरे ।

“घरवारविहीन दलित समुदायको घर निर्माणका लागि सङ्घीय सरकारले अर्बौंँ रकम तीन वर्षदेखि पठाएको छ”, सांसद साहले भने, “तर प्रदेश सरकारको लापरवाहीले दलित समुदायका घर बन्न सकेको छैन ।”

प्रदेश सरकार जनताको शिक्षा, स्वास्थ्य, आवास, रोजगार जस्ता समस्या समाधान गर्न असमर्थ रहेको आरोप पनि उहाँले लगाए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077