Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बुधबार तोलामा ७ सयले घट्यो सुनकाे मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेकाे छ ।

आज छापावाला सुनको मूल्य तोलामा ७ सयले घटेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९५० कायम भएको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077