Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

'सरकारले ल्याएका राहतका प्याकेजबाट निजी क्षेत्रले अधिकतम लाभ लिनसक्नुपर्ने'

काठमाडाैँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिडको असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन सरकारले ल्याएका राहतका प्याकेजबाट निजी क्षेत्रले अधिकतम लाभ लिनसक्नुपर्ने बताएका हुन् ।

सरकारले घोषणा गरेका राहत, सहुलियत र उत्प्रेरणाका कार्यक्रमको अधिकतम उपयोग निजी क्षेत्रले गर्न सके देशको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन सकिने दावी समेत गरे । सरकारले घोषणा गरेका यस्ता प्रबन्धहरु प्रयाप्त नभएमा निजी क्षेत्रसँग छलफल गर्न आफू तयार रहेको पनि अर्थमन्त्री पौडेलले बताए ।

यस्तै कोभिडबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उठाउन सरकारले के कस्ता निर्णय गर्नुपर्छ सुझाव दिनसमेत निजी क्षेत्रसँग आग्रह गरे । निजी क्षेत्र उत्साह र आत्मविश्वासको साथमा अगाडि बढेमा सरकारले हात र साथ दिन तयार रहेको पनि अर्थमन्त्री पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077