Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संवैधानिक व्यवस्थाको खिल्ली उडाएर राष्ट्रपतिसँगको साँठगाँठमा अध्यादेश जारी : गगन थापा

    संवैधानिक व्यवस्थाको खिल्ली उडाएर राष्ट्रपतिसँगको साँठगाँठमा अध्यादेश जारी : गगन थापा

    अनलाइन नेपाल
  • मंगलबार, ३० मंसिर २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद बन्द गराएर अध्यादेश जारी गरेको भन्दै आपत्ती जनाएका छन् ।

    सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै नेता थापाले संविधानले गरेकाे व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगकाे साठगाँठमा अध्यादेश जारी गर्ने ? भन्दै आक्रोश पाेखेका छन् ।



    “संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगको साठगाँठमा अध्यादेश जारी गर्ने !” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।



    सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सरकारको असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्ने बताएका छन् । त्यसको लागि सडक र सदन र जनताको शक्ति र साथबाट सरकारको कदमलाई असफल बनाउने उनले बताए ।

    सरकारले आज ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका विषयमा व्यापक आलोचना शुरु भएको छ । सरकारले जारी गरेकाे अध्यादेशका विषयमा सत्तारूढ दल नेकपाकै नेताहरूले पनि असन्तुष्टी व्यक्त गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार