Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिपक्षकाे समर्थन नखोज्नुस्, अध्यादेश खारेज गर्नुस् : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विल्कुलै गलत भएको बताएका छन् ।

कांग्रेस प्रवक्ता शर्माले प्रतिपक्षीको समर्थन नखोज्न भन्दै अध्यादेशलाई तत्काल खारेज गर्नुपर्ने माग राखेका छन् । ‘इन्तु, परन्तु, इफ, बट, दायाँबायाँ, आदि इत्यादि कुरै छैन,’ जारी अध्यादेशको निन्दा गर्दै उनले भने, ‘हाम्रो प्रष्ट विमती छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेसँगै यसकाे सत्तारूढ दल र प्रतिपक्ष दलका नेताहरूले पनि विराेध गरिरहेका छन् ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठककाे सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077