Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

असन्तुष्ट पाँच नेताले गरे ओलीलाई कारबाही गर्ने निर्याय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एमव् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवरी भण्डारी मार्फत संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरे लगत्तै बसेको नेकपाका असन्तुष्ट पाँच शिर्ष नेताहरुको बैठकले ओलीलाई कारवाही गर्ने निष्कर्ष निकालेको छ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सम्मीलित बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक भएको निष्कर्ष निकाल्दै बैठकले ओलीमाथि अनुशासनको कारवाही गर्ने प्रस्तावका विषयमा निर्णय गरेको स्रोतको भनाई छ ।

भोलि हुने भनिएको बैठकमा यसविरुद्ध रणनीति बनाइने पनि निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077