Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डले भने- संविधानविरूद्ध ओलीले संसद विघटनकाे निर्णय गरेर गणतन्त्रमाथि 'कू' गरे

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले संविधानविरूद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनकाे निर्णय गरेर गणतन्त्रमाथि 'कू' गरेकाे बताएका छन् ।

आइतबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेका थिए । ओली भने संसद विघटनको प्रस्ताव लिएर शीतल निवास पुगिसकेका छन्

नेपालको अहिलेको संविधानमा संसद विघटनको प्रावधान छैन । संसदबाट सरकार गठन हुन नसकेको अवस्थामा बाहेक संसद विघटन गर्ने अधिकार कसैलाई छैन । संविधानमै नभएको अधिकार प्रयोग गरेर ओलीले विघटन गर्न सिफारिस गरेका हुन् ।

ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरे लगत्तै छलफलका लागि बालुवाटार पुगेका प्रचण्डलाई ओलीले भेट्न नमानेको र आफूहरु फर्किदै गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए । संसद विघटन गर्ने निर्णयको सर्वत्र विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077