Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चार मन्त्री जसले प्रधानमन्त्रीकाे कदमकाे विराेध गरे

    चार मन्त्री जसले प्रधानमन्त्रीकाे कदमकाे विराेध गरे

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । आज विहानै आकस्मीक रुपमा मन्त्रीपरिषद् बैठक बोलाएका प्रधानमन्त्री ओलीले सबैभन्दै पहिले नै संबैधानिक परिषद्सम्बधी अध्यादेश फिर्ता लिने निर्णय सुनाएका थिए ।

    सँधैजसो ढिलो गरी बैठकमा उपस्थित हुने ओलीले आज भने सबै मन्त्रीहरु बालुवाटर नपुग्दै बैठक शुरु गरेका थिए । अध्यादेश सम्बन्धिको निर्णय सुनाएलगत्तै ‘अब ताजा जनादेशमा जानुको विकल्प रहेन’ भन्दै त्यसका लागि आवश्यक प्रकृया पूरा गर्न मुख्यसचिवलाई निर्देशन दिएपछि मन्त्रीहरु अक्क न बक्क परेको एक मन्त्रीले अनलाईन नेपाललाई बताए ।



    प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट सहयोग नभएको, सहमतिका लागि आफूले प्रयास गरे पनि सफल नभएको चर्चा गर्दै संसद विघटन गर्ने प्रस्ताव राखेका थिए ।



    त्यस लगत्तै बैठकमा सहभागि कृषिमन्त्री घनाश्याम भुसाल, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उर्जामन्त्री वर्षमान पुनले त्यसको विरोध गरे ।

    तर, पधानमन्त्री भने उनीहरुको पूरै कुरै नसुनी ‘ल ठिकै छ नि त’ भन्दै बैठकस्थलबाट बाहिरिएको पनि ति मन्त्रीले बताए ।

    कृषिमन्त्री भुषालले संसद विघटन गर्ने कदम सामूहिक आत्महत्या हुने र कम्युनिस्ट आन्दोलनका लागि ठूलो धोका हुने विचार व्यक्त गरेका थिए भने पर्यटनमन्त्री भट्टराईले संसद विघटनको साटो पार्टीभित्र संवाद गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

    त्यसैगरी उर्जामन्त्री पुनले संसद विघटनको विकल्पमा नजान आग्रह गरेका थिए भने परराष्ट्रमन्त्री ज्ञवालीले संसद विघटन गर्दा संवैधानिक, राजनीतिक हैसियत माथि प्रश्न उठ्ने भन्दै त्यसा नगर्न आग्रह गरेका थिए ।

    तर, बैठक स्थलबाट बाहिरिने वित्तिकै प्रधानमन्त्री ओली भने संसद विघटन र २३ वैशाखमा आम चुनावको प्रस्ताव लिएर राष्ट्रपति कार्यालय पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार