Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रचण्ड र नेपाल पक्षका सात मन्त्रीले दिए सामूहिक राजीनामा, ओलीको पक्षमा बादल र भट्ट

    प्रचण्ड र नेपाल पक्षका सात मन्त्रीले दिए सामूहिक राजीनामा, ओलीको पक्षमा बादल र भट्ट

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गरेकै दिन उनकोमन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन्।

    उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा ४ः३० बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिएको जानकारी गराएका हुन् ।



    राजीनामा दिनेहरुमाम शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’, कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल, संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव, र खानेपानी तथा सरसफाई मन्त्री बीना मगर रहेका छन् ।



    आज राजिनामा दिनेहरुमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरहरु रहेका छन् ।

    यद्यपी पूर्व माओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् । बादल र भट्टले भने ओलीलाई साथ दिएका छन् ।

    अन्य ७ मन्त्रीले राजीनामा घोषणा गरिँदा गृहमन्त्री बादल र उद्योगमन्त्री भट्ट बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा छन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ ।

    विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा ९१० र ९७० तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ ।

    साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।

     

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार