Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका अधिकारीसँग छलफल

    प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका अधिकारीसँग छलफल

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले निर्वाचन आयोगका अधिकारीहरूसँग छलफल गरेका छन् ।

    प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधी निर्वाचन घोषणा गरेका प्रधानमन्त्रीले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरूसँग छलफल गरेका हुन् ।



    छलफलमा सरकारले तोकेको निर्वाचनबारे छलफल गरिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।



    उक्त छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत सहभागी रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार