Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओलीले ९ बजे र प्रचण्ड–माधव पक्षले १ बजे बोलाए ‘पूर्व’ सांसदहरूकाे बैठक

    ओलीले ९ बजे र प्रचण्ड–माधव पक्षले १ बजे बोलाए ‘पूर्व’ सांसदहरूकाे बैठक

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) को सहमति विनै संसद विघटन गरेपछि नेकपा लगभग विभाजनको संघारमा पुगेको छ ।

    ओलीको कदमप्रति चौतर्फी रुपमा आलोचना भएपनि उनी अझैसम्म पछि हटेका छैनन् । पार्टी भित्र र सरकारका विवाद उत्कर्षमा पुगेका बेला नेकपाका दुवै पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका हुन् ।



    ओली पक्षले ‘निवर्तमान सांसद’ भनेर सम्बोधन गर्दै बैठकमा सहभागी हुन एसएमएस पठाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग विघटन गर्ने र नयाँ जनादेशका लागि निर्वाचनमा जाने निर्णय गरेपछि दुवै पक्षले आफू निकट सांसदहरुलाई ब्रिफिङ गर्न बैठक बोलाएको बुझिएको छ ।

    प्रतिनिधिसभामा नेकपाका १७४ सांसदहरुमध्ये हाल १७३ सांसदहरु छन् ।

    विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रचण्ड–माधव नेपाल पक्षले संकलन गरेको सांसदहरुको हस्ताक्षरलाई आधार मान्ने हो भने संसदीय दलमा ओली अल्पमतमा छन् ।

    प्रचण्ड–नेपाल पक्षले करिब ९० सांसदहरुको हस्ताक्षर संकलन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार