Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रचण्डको कुरा सुनेनन् बादलले, ओलीकै पक्ष लिए

    प्रचण्डको कुरा सुनेनन् बादलले, ओलीकै पक्ष लिए

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेकपामा वारपारको अवस्था आएपनि नेताहरु वामदेव गौतम र रामबहादुर थापा बादल भने कतै लागेका छैनन् । बादललाई फकाउन प्रचण्ड उनको निवास गएपनि उनले निर्णय दिएका छैनन् ।

    बादल निकट स्रोतका अनुसार उनी आफू निकट नेताहरुसँग परामर्शमा छन् । सोमबार राति बालुवाटार पुगेर बादलले ओलीसँग भेट गरेका थिए । मंगलबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोक गएर आफूलाई सहयोग गर्न बादललाई आग्रह गरेका थिए ।



    नेकपामा केपी ओली तथा प्रचण्ड–माधव नेपाल दुवै पक्ष बहुमत जुटाउने प्रयासमा छ । त्यसका लागि बादल समूह भए प्रचण्ड समूहलाई पर्याप्त हुन्छ । बादलले मन्त्री पदबाट पनि राजिनामा दिएका छैनन् । उनी निकट नेताहरुले पनि प्रधानमन्त्रीले गैरसंवैधानिक कदम चालेकालाई उनलाई साथ नदिन सुझाव दिएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार