Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओली पक्षद्वारा १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन

    ओली पक्षद्वारा १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । बालुवाटारमा बसेको केपी ओली पक्षीय केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन कमिटी गठन गरेको छ ।

    प्रधानमन्त्री ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।



    त्यसमा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सुनाएका छन् ।



    पार्टी कब्जा गर्ने रणनीतिअनुसार यस्तो निर्णय गरिएको हो । बहुमत केन्द्रीय सदस्य नभएकाले अनेक तालझेल गरेर भएपनि ओलीले नेकपा कब्जा गर्ने तयारी गरेका छन् ।

    अहिलेको चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय भन्दा धेरै केन्द्रीय सदस्य थप गर्न लागिएको हो । त्यसमा सबै आफु निकट नेता राखेर ओलीले पार्टी कब्जा गर्न लागेका हुन् । जसको अन्तिम छिनोफानो निर्वाचन आयोग र अदालतबाट हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार