Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पार्टी महाधिवेशन मंसिर २ गते गर्ने ओली समूहको निर्णय

    पार्टी महाधिवेशन मंसिर २ गते गर्ने ओली समूहको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले महाधिवेशनकाे मिति तय गरेकाे छ।

    आगामी मंसिर २ गते पार्टी महाधिवेशन गर्ने निर्णय ओली समूहको केन्द्रीय समिति बैठकले गरेको हाे। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेकाे एक नेताले बताए।



    बिहीबार ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ । बैठकले तत्काल ५५६ जना थप गरी र बाँकी १९७ जना थप गर्न सक्नेगरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको छ।



    यसअघि नै नेकपा स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको छ । त्यसलाई औपचारिकता दिन आजै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय सदस्यहरुको अलग्गै बैठक पनि बस्दै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार