Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसद विघटनको मुद्दा संवैधानिक इजलासमा, शुक्रबार सुनवाइ हुने

    संसद विघटनको मुद्दा संवैधानिक इजलासमा, शुक्रबार सुनवाइ हुने

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटको सुनुवाई संवैधानिक इजलासमा पठाइने भएको छ ।

    बुधबार भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै यो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो । राणाको इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।



    बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए ।



    उनीहरुको बहसपछि प्रधानन्यायाधीश राणाले पठाउने संविधानसँग जोडिएको विषय र वैधानिक प्रश्न उठको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएका हुन् । संवैधानिक इजलास शुक्रबार बस्ने र सोही दिन सुनुवाइ हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार